सरकारले ‘जनयुद्ध’ दिवसलाई राष्ट्रिय दिवस मनाएकोमा ओलीको तिखो टिप्पणी

हिमाल प्रेस ११ फागुन २०७९ १२:५२ | Thursday, February 23, 2023
सरकारले ‘जनयुद्ध’ दिवसलाई राष्ट्रिय दिवस मनाएकोमा ओलीको तिखो टिप्पणी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनयुद्ध दिवस राष्ट्रिय दिवस नभई हिंसा दिवस भएको टिप्पणी गरेका छन्।

बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सरकारको मानसिकता अझै हिंसाको बाटोमा रहेको बताएका थिए। उनले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाउनु दुःखद घटना भएको बताए।

सरकारले गएको फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसका रूपमा मनाएको थियो। तर त्यसबेला ओली सरकारको निर्णयप्रति प्रतिक्रिया जनाएनन्।

प्रकाशित: ११ फागुन २०७९ १२:५२ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast