ल्होसारको शुभकामना दिँदै ओलीले भने : लोकतन्त्रलाई राजनीतिक अधिकारको परिभाषाबाट माथि उठाउनुपर्छ

हिमाल प्रेस ९ फागुन २०७९ ८:२२ | Tuesday, February 21, 2023
ल्होसारको शुभकामना दिँदै ओलीले भने : लोकतन्त्रलाई राजनीतिक अधिकारको परिभाषाबाट माथि उठाउनुपर्छ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

आज मंगलबार पार्टीको तर्फबाट शुभकामना दिँदै उनले नेपाली चाडपर्व नेपाली पुँजीको रूपमा रहेका चर्चा गरेका छन्।

‘बहुसांस्कृतिक विशेषताहरू हाम्रो सुन्दर देश नेपालका मौलिक पूँजीको रूपमा रहेका छन्। एकता र सहिष्णुताको यस विशेषतालाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्दछ। विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधारहरू हुन्’ उनले शुभकामनामा भनेका छन्।
हाम्रो संविधानले विविध भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको उनले बताएका छन्।

एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा अग्रसर रहेको चर्चा गर्दै अध्यक्ष ओलीले भनेका छन्,

‘लोकतन्त्रलाई राजनीतिक अधिकारको संकुचन परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण र आचरणसिद्ध लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्न चाहन्छ।’

प्रकाशित: ९ फागुन २०७९ ८:२२ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast