काठमाडौँ- काठमाडौँको न्यूनतम तापक्रम आज (मंसिर १३) बढेको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस देखिएको हो।
हिजो शनिबार यो बेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस देखिएको थियो भने पछि अन्तिम मापनका बेला (बिहान ८:४५ बजे) ८.२ डिग्री सेल्सियस कायम भएको थियो।
प्रकाशित: १३ मंसिर २०८३ ८:०७ | Sunday, November 29, 2026
प्रतिक्रिया



