सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस १० मंसिर २०८३ १०:५५ | Thursday, November 26, 2026
सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित: १० मंसिर २०८३ १०:५५ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast