लिस्बनसँग म्यानचेस्टर युनाइटेडको बराबरी, ब्रुनोको २ गोल

हिमाल प्रेस १० मंसिर २०८३ ९:२२ | Thursday, November 26, 2026
2
SHARE
लिस्बनसँग म्यानचेस्टर युनाइटेडको बराबरी, ब्रुनोको २ गोल

काठमाडौँ- च्याम्पियन्स लिगको बुधबार रातिको खेलमा म्यानचेस्टर युनाइटेड स्पोर्टिङ लिस्बनसँग २–२ गोलको बराबरीमा रोकिएको छ।

खेलमा युनाइटेडका ब्रुनो फर्नान्डेजले दुई गोल गरे पनि लिस्बनलाई बराबरी गर्ने मौका दिँदा बराबरी हुन पुग्यो। स्पोर्टिङका लुइस स्वारेजले पनि दुई गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

पहिलो हाफमा युनाइटेडले दुई पेनाल्टी दिएको थियो । पहिलो पेनाल्टीमा स्वारेजको प्रहार गोलकिपर लामेन्सले बचाए पनि दोस्रो पेनाल्टीमा स्वारेजले गोल गरे ।

दोस्रो हाफको सुरुवातमै फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि उनले भाग्यवश प्राप्त अवसरलाई गोलमा परिणत गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए ।

तर स्वारेजले आकर्षक शैलीमा गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याए । इन्जुरी समयमा दोस्रो पहेँलो कार्ड पाउँदै युनाइटेडका मिडफिल्डर युरी टाइलेमान्सले मैदान छाडे ।

प्रकाशित: १० मंसिर २०८३ ९:२२ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast