काठमाडौँ- सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्षको साउनदेखि मंसिर ९ गतेसम्म अवैध रूपले चोरी पैठारी तथा निकासी गरेको १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरको विभिन्न सामान तथा चौपाया बरामद गरेको छ ।
गुल्मले इलाम जिल्लाको सूर्योदय नगरपालिकाको सातवटा छुट्टाछुट्टै ठाउँमा गरेको कारवाहीको क्रममा स्याउ, फर्सीको बियाँ, जुत्ता चप्पल तथा मदिराजन्य पदार्थ लगायतका सामान बरामद गरेको हो ।
बरामद गरिएका सामानमध्ये १७८ कार्टुन अर्थात ३ हजार ५ सय ६० किलो स्याउ , २० कार्टुन मदिराजन्य पदार्थ, जुत्ता चप्पल, ५७० किलो फर्सीको बियाँ लगायतका सामान तथा चौपाया रहेका छन् ।
विगतमा समेत राष्ट्र र संगठनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरे वापत उनलाई २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)का अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उत्कृष्ट मिडिया समन्वय पुरस्कारबाट पुरस्कृत दिएका थिए।
त्यस्तै उनलाई २०७७ सालमा २०औँ सशस्त्र प्रहरी दिवसको अवसरमा संगठनसँग सम्बन्धित उजुरी तथा गुनासोहरुको समाधान तथा व्यवस्थापनमा प्रभावकारी कार्य गरेबापत पुरस्कृत गरिएको थियो भने २१औँ सशस्त्र प्रहरी दिवस २०७८ मा स्टाफ ड्यूटीमा उत्कृष्ट कार्य गरे बापत र २४औँ सशस्त्र प्रहरी दिवस २०८१ मा सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा प्रदान गरिएको थियो ।



