जर्बजस्ती करणी आरोपमा बाबु पक्राउ परे, सन्जालमा भिडियो राखेपछि छोरा पनि कुटपिट आरोपमा पक्राउ परे

हिमाल प्रेस १० मंसिर २०८३ ८:१९ | Thursday, November 26, 2026
जर्बजस्ती करणी आरोपमा बाबु पक्राउ परे, सन्जालमा भिडियो राखेपछि छोरा पनि कुटपिट आरोपमा पक्राउ परे

काठमाडौँ- मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि बलात्कार भएको घटनाबारे सोधपुछ गर्ने क्रममा आफ्नै श्रीमतीलाई कुटपिट गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ परेका छन्।

कानेपोखरी गाउँपालिका–६ का ती युवकले आफ्ना ५५ वर्षीय बुवामाथि लागेको बलात्कार आरोपबारे श्रीमतीलाई समेत छेउमा राखेर बालिकासँग सोधपुछ गर्ने क्रममा कुटपिट गरेका थिए।

उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ती युवकका बुवामाथि मंसिर २९ गते राति १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ। प्रहरीले घटनालगत्तै उनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका युवकमाथि अपराधसम्बन्धी कसुर र बालविवाहसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित: १० मंसिर २०८३ ८:१९ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast