ब्राउन सुगरसहित दुई युवक पक्राउ

हिमाल प्रेस १० मंसिर २०८३ १०:२९ | Thursday, November 26, 2026
ब्राउन सुगरसहित दुई युवक पक्राउ

काठमाडौँ- सिरहाको मिर्चैयामा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई युवकलाई पक्राउ गरेको छ। अर्का एकजना भने प्रहरीलाई देखेपछि फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले मंगलबार राति करिब १०ः३५ बजे मिर्चैया नगरपालिका–३ बलुवा टोलस्थित भित्री सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बलुवाबाट मिर्चैयातर्फ आउँदै गरेको प्रदेश २–०२–०१० प ३९८१ नम्बरको मोटरसाइकलमा तीन जना सवार रहेकोमा प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोज्दा दुईजना पक्राउ परेपनि अन्य एक जना फरार भएका थिए । मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएर जाँच गर्दा पहेँलो प्लास्टिकको पोका फेला परेको र उक्त पोकाभित्र २४।११० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–९ का १८ वर्षीय रजनीश यादव र सिरहाको मिर्चैया नगरपालिका–११ का २० वर्षीय नितेश कुमार साह रहेका छन् । फरार हुनेमा सिरहाको कल्याणपुर नगरपालिका–४ निवासी २० वर्षीय काशिन्द्र साह रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै युवक, बरामद लागुऔषध र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० मंसिर २०८३ १०:२९ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast