आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस ९ मंसिर २०८३ ११:०० | Wednesday, November 25, 2026
आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बुधबार सुनको मूल्य १० ग्रामको २ लाख ६ हजार ९६० रुपैयाँ तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार ३ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य १० ग्रामको २ हजार ६०६ रुपैयाँ तोकिएको छ ।

प्रकाशित: ९ मंसिर २०८३ ११:०० | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast