धादिङमा जिप दुर्घटना, एक महिलाको मृत्यु, ९ घाइते

हिमाल प्रेस ४ मंसिर २०८३ ७:०६ | Friday, November 20, 2026
धादिङमा जिप दुर्घटना, एक महिलाको मृत्यु, ९ घाइते तस्बिर एआई निर्मित

धादिङ- धादिङको रुबीभ्याली गाउँपालिका-४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गएराति १:५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा जिपमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका-४ निवासी अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ९ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

धादिङमा जिप दुर्घटना : यी हुन् घाइते

प्रकाशित: ४ मंसिर २०८३ ७:०६ | Friday, November 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast