फिफा र एएफसीसँग मन्त्री पोखरेलको छलफल, एन्फाको निलम्बन हट्ला?

हिमाल प्रेस ४ मंसिर २०८३ ६:२६ | Friday, November 20, 2026
फिफा र एएफसीसँग मन्त्री पोखरेलको छलफल, एन्फाको निलम्बन हट्ला?

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष तथा उच्च अधिकारीसँग भेटवार्ता गरेका छन्।

थाइल्यान्डको बैंककमा आयोजित एएफसी अवाड्र्सका अवसरमा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेट गरेका हुन्।

भेटवार्ताका क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवा गर्ने विषयमा सकारात्मक छलफल भएको मन्त्री पोखरेलले बताए।

मन्त्री पोखरेलका अनुसार छलफलमा एन्फाको कानुनी प्रक्रिया, तहगत निर्वाचन र निलम्बन फुकुवाका विषयमा कुराकानी भएको थियो।

एन्फाले तहगत निर्वाचन गर्ने सहमति जनाएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि एन्फामाथिको प्रतिबन्ध फुकुवा गरिसकेको छ।

राखेपले प्रतिबन्ध हटाएसँगै फिफाले पनि एन्फामाथिको निलम्बन फुकुवा गर्ने मौखिक सहमति जनाएको बताइएको छ।

प्रकाशित: ४ मंसिर २०८३ ६:२६ | Friday, November 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast