फिफाले गर्‍यो एन्फालाई निलम्बन

हिमाल प्रेस ११ असार २०८३ ८:१७ | Thursday, June 25, 2026
14
SHARES
फिफाले गर्‍यो एन्फालाई निलम्बन

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ।

फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ अन्तर्गत एन्फामाथि अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन लगाउने निर्णय गरेको हो।

निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ। फिफाको निर्णयअनुसार निलम्बन अवधि कायम रहँदासम्म एन्फाअन्तर्गतका राष्ट्रिय टोली र क्लब टोलीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।

त्यसैगरी, एन्फा तथा यससँग आबद्ध पदाधिकारी, सदस्य वा प्रतिनिधिहरू फिफा र एशियाली फुटबल महासंघ (एएफसी) द्वारा सञ्चालित विकास कार्यक्रम, तालिम, प्रशिक्षण तथा अन्य गतिविधिमा सहभागी हुनबाट वञ्चित हुनेछन्।

फिफा र एएफसीबाट प्राप्त हुँदै आएको आर्थिक सहयोग तथा विभिन्न विकास कार्यक्रमसमेत निलम्बन अवधिभर प्रभावित हुनेछन्।

प्रकाशित: ११ असार २०८३ ८:१७ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast