काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। देउवापक्षीय समूहको प्रदेश अधिवेशन यही मंसिर ५ गतेदेखि सुरु हुँदैछ। त्यसक्रममा देउवा सातै प्रदेशमा पुग्ने कार्यक्रम रहेको उनी समूहको १५औँ महाधिवेशन सचिवालय संयोजक समितिका संयोजक दीपक कुईंकेलले जानकारी दिए।
देउवा पक्षले यति बेला जिल्ला अधिवेशन गरिरहेको छ। हालसम्म ४६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको कुईंकेलले बताए।
१४० निर्वाचन क्षेत्रमा समेत अधिवेशन सम्पन्न भइसकेको देउवा पक्षको भनाइ छ।
प्रकाशित: १ मंसिर २०८३ १२:३९ | Tuesday, November 17, 2026
प्रतिक्रिया



