झनै घट्यो काठमाडौँको तापक्रम, बढ्यो चिसो

हिमाल प्रेस १ मंसिर २०८३ ६:२८ | Tuesday, November 17, 2026
4
SHARES
झनै घट्यो काठमाडौँको तापक्रम, बढ्यो चिसो

काठमाडौँ- काठमाडौँ उपत्यकाको तापक्रम आज (मंगलबार) झनै घटेको छ। सोमबारको तुलनामा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम करिब ३ डिग्री सेल्सियस तल गएको हो। तापक्रम घटेसँगै जाडो बढेको महसुस भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस देखिएको हो। हिजो सोमबार यो बेला १२.४ डिग्री सेल्सियस देखिएको थियो।

प्रकाशित: १ मंसिर २०८३ ६:२८ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast