काठमाडौँ- काठमाडौँ उपत्यकामा दिनप्रतिदिन चिसो बढ्दै गएको छ। बिहीबार बिहानको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो। सूर्योदयसम्म न्यूनतम तापक्रम थप घट्न सक्ने सम्भावना रहेको छ। महाशाखाले बिहान ५:४५ र ८:४५ बजे गरी दुई पटक न्यूनतम तापक्रम मापन गर्ने गर्दछ। बुधबार काठमाडौँको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस थियो।
प्रकाशित: २६ कार्तिक २०८३ ७:५५ | Thursday, November 12, 2026
प्रतिक्रिया



