नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वउपप्रधानमन्त्री रायमाझी आज रिहा हुने

हिमाल प्रेस २६ कार्तिक २०८३ ७:४१ | Thursday, November 12, 2026
नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वउपप्रधानमन्त्री रायमाझी आज रिहा हुने

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार रिहा हुने भएका छन्।

तीन वर्ष ६ महिना जेल सजाय पूरा गरेर आज उनी कैदमुक्त हुन लागेका हुन्। काठमाडौँ जिल्ला अदालतले उनलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको थियो। रायमाझीले ६५ वर्ष उमेर पूरा भएका कारण जेष्ठ नागरिकको सुविधा पाउन माग गर्दै अदालतमा निवेदन दिएका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायामाझी दोषी ठहर भएका थिए। उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए। काठमाडौँ जिल्ला अदालतले उनलाई २०८३ असार ३० मा ४ वर्ष कैद सजाय सुनाएको थियो।

प्रकाशित: २६ कार्तिक २०८३ ७:४१ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast