काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भाइटीकाको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत भाइटीकाको शुभकामना व्यक्त गर्दै दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र विश्वास प्रगाढको कामना गरेका छन् ।
‘आज यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीका । यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री शाहले लेखेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् । शुभकामना १’
प्रकाशित: २५ कार्तिक २०८३ ९:१३ | Wednesday, November 11, 2026
प्रतिक्रिया



