ब्यारेकदेखि सडकसम्म कुकुर तिहारको रौनक (तस्बिरहरू)

हिमाल प्रेस २२ कार्तिक २०८३ १६:०५ | Sunday, November 8, 2026
ब्यारेकदेखि सडकसम्म कुकुर तिहारको रौनक (तस्बिरहरू) भक्तपुरको मध्यपुर थिमिस्थिति भैरव बहान गणमा कुकुर तिहारको दिन तालिम प्राप्त कुकुरबाट कला प्रदर्शन गरिँदै।

काठमाडौँ- कुकुर तिहारको अवसरमा भक्तपुरको सानोठिमीस्थित श्री भैरव वाहन गुल्ममा तालिमप्राप्त कुकुरहरूबाट विभिन्न सैनिक कला प्रदर्शन गरिएको छ।

यमपञ्चकको दोस्रो दिन नरक चतुर्दशी तथा कुकुर तिहारका अवसरमा आयोजित कार्यक्रममा कुकुरहरूले दौड प्रतियोगिता, बेपत्ता व्यक्तिको खोजी, शङ्कास्पद वस्तुको पहिचान तथा निगरानी, अपराधीको गन्ध पहिचान गरी खोजी गर्ने र हाई जम्पलगायतका कला प्रस्तुत गरेका थिए। सो अवसरमा गुल्ममा रहेका सबै कुकुरको सामूहिक पूजा पनि गरिएको थियो।

कार्यक्रममा नेपाली सेनाका उपरथी हरेन्द्र पाठकले कुकुरलाई कर्तव्यनिष्ठ र इमान्दार जनावरका रूपमा लिइने बताए। धार्मिक मान्यताअनुसार कुकुरलाई भैरवको वाहनका रूपमा समेत पूजा गरिने उनको भनाइ थियो।

त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, सर्वसाधारणले पनि कुकुरलाई पूजा गरेका छन्। हिन्दू धार्मिक परम्परामा कुकुरलाई यमराजको दूतका रूपमा लिने गरिन्छ। कुकुरलाई आज्ञापालक, अनुशासित, कर्तव्यनिष्ठ तथा सुरक्षाका दृष्टिले विश्वासिलो जनावरका रूपमा सम्मान गरिन्छ।

धार्मिक विश्वासअनुसार यमलोकका द्वारपाल श्याम र सबल नामका कुकुरलाई प्रसन्न पार्न सके यमलोक जाने बाटो सहज हुने मान्यताका आधारमा कुकुर तिहार मनाउने परम्परा रहेको छ। यस दिन कुकुरलाई फूलमाला लगाई मिठामिठा परिकार खुवाएर पूजा गर्ने चलन छ।

तिहार पर्वअन्तर्गत आइतबार कुकुर तिहारको दिन सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापाद्वारा आफ्नो तालिमप्राप्त तथा सेवामा रहेका कुकुरहरूको पूजा तथा विशेष सम्मान गर्ने कार्यक्रममा कुकुरको पूजा गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल।
भक्तपुरको मध्यपुर थिमिस्थिति भैरव बहान गणमा कुकुर तिहारको दिन तालिम प्राप्त कुकुरबाट कला प्रदर्शन गरिँदै।

भक्तपुरको मध्यपुर थिमिस्थिति भैरव बहान गणमा कुकुर तिहारको दिन तालिम प्राप्त कुकुरबाट कला प्रदर्शन गरिँदै।
नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक ओमबहादुर राना आइतबार नेपाल प्रहरी केनाईन कार्यालय महाराजगञ्ज, काठमाडौँले आयोजना गरेको कुकुर पूजा कार्यक्रममा कुकुरलाई पूजा गर्दैै।

तिहार पर्वअन्तर्गत आइतबार कुकुर तिहारको दिन काठमाडौँ तारकेश्वर नगरपालिका–१० मनमैजुमा कुकुर पूजा गरि कुकुर तिहार मनाउँदै सर्वसाधारण।
कुकुर तिहारको अवसरमा नेपालकी प्रथम महिला सबिना काफ्लेद्वारा काठमाडौँको नारायणचौरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरीको केनाइन तालिम प्राप्त कुकुर साम्बालाई सम्मान गरिँदै।
सङ्खुवासभाको सदरमुकाम खादबारीमा कुकुर तिहारको दिन कुकुरलाई बिस्कुट खुवाउँदै बालबालिका।
प्रकाशित: २२ कार्तिक २०८३ १६:०५ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast