राष्ट्रिय एकताको सन्देशसहित जनकपुरको गंगासागरमा छठ मनाउँदै रास्वपा सभापति लामिछाने

हिमाल प्रेस २२ कार्तिक २०८३ १४:३१ | Sunday, November 8, 2026
राष्ट्रिय एकताको सन्देशसहित जनकपुरको गंगासागरमा छठ मनाउँदै रास्वपा सभापति लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक र राष्ट्रिय एकता बलियो बनाउन तिहार, छठलगायत महत्वपूर्ण पर्वमार्फत टेवा पुगोस् भनी कामना गरेका छन्।

दीपावली, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा सामाजिक सञ्जालबाट आइतबार शुभकामना दिँदै सभापति लामिछानेले परिवार, समाज र समुदायबीचको आपसी प्रेम, सद्भाव र एकतालाई थप सुदृढ बनाउन यी पर्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका हुन्।

उनले विविधताबीचको हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाउन सकोस् भनी कामना पनि गरेका छन्। ‘उज्यालो, उमंग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस्।’ सभापति लामिछानेको सन्देशमा उल्लेख छ।

रास्वपा सभापति लामिछानेले राष्ट्रिय एकताको सन्देशसहित यस वर्षको ‘छठ’ पर्व मनाउन आफूहरू जनकपुरधामको गंगा सागरमा उपस्थित हुने जानकारी पनि दिएका छन्।

प्रकाशित: २२ कार्तिक २०८३ १४:३१ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast