बंगलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो

हिमाल प्रेस २२ कार्तिक २०८३ १३:४९ | Sunday, November 8, 2026
10
SHARES
बंगलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो

काठमाडौँ- काठमाडौँस्थित बंगलादेशी दूतावासले विविध कार्यक्रम आयोजना गरी बंगलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाएको छ।

सन् १९७५ नोभेम्बर ७ तारिखमा भएको ऐतिहासिक घटनाको स्मरण तथा बंगलादेशको इतिहासमा त्यस दिनको महत्व उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको प्रारम्भ बंगलादेशको राष्ट्रिय झण्डोत्तोलन गरी गरिएको थियो भने वक्ताहरूले सहिदको आत्माको चिरशान्ति तथा देशको निरन्तर शान्ति र समृद्धिको कामना गर्दै विशेष प्रार्थना गरेका थिए।

दिवसका अवसरमा बंगलादेशका राष्ट्रपति र प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशसमेत वाचन गरिएको थियो। यसैगरी दिवसको ऐतिहासिक पृष्ठभूमि र महत्त्व झल्काउने दुई वृत्तचित्र प्रदर्शन गरिएको थियो।

वक्ताहरूले ऐतिहासिक महत्त्व, राष्ट्र निर्माणको प्रक्रियामा त्यसले पुर्‍याएको योगदान तथा बंगलादेशको राजनीतिक इतिहासमा त्यसको भूमिकाबारे चर्चा गरेका थिए।

उनीहरूले बहुदलीय प्रजातन्त्र, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पुनःस्थापनामा सहिद एवं प्रथम राष्ट्रपति जियाउर रहमानले निर्वाह गरेको भूमिकाको स्मरण गरे।

साथै राष्ट्रिय एकता, सार्वभौमिकता र जनताको सामूहिक आकांक्षाको संरक्षण गर्दै मुलुकको स्वतन्त्रता र लोकतान्त्रिक यात्रालाई अघि बढाउन उनले पुर्‍याएको योगदानको पनि चर्चा गरिएको थियो।

बंगलादेशका लागि नेपालका राजदूत शफिकुर रहमानले बंगलादेशको राजनीतिक इतिहासको महत्वपूर्ण मोडका रूपमा व्याख्या गरे। उनले स्वतन्त्रताका उद्घोषक तथा ‘वीर उत्तम’ उपाधिप्राप्त सहिद राष्ट्रपति रहमानलाई सोही दिन सैनिक सहकर्मी र आमनागरिकले बन्दी अवस्थाबाट मुक्त गराएको स्मरण गरे।

प्रकाशित: २२ कार्तिक २०८३ १३:४९ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast