एनपीएल : विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

हिमाल प्रेस १९ कार्तिक २०८३ २०:०८ | Thursday, November 5, 2026
एनपीएल : विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

काठमाडौँ- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गोर्खाजले लगातार दोस्रो जित दर्ता गरेको छ।

बिहीबार बेलुका सम्पन्न खेलमा काठमाण्डु गोखार्जले दोस्रो जित निकाल्ने क्रममा विराटनगर किङ्सलाई नौ विकेटले हरायो।

काठमाण्डुले पछिल्लो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको थियो। बिहीबारको खेलमा विराटनगरले दिएको ८४ रनको झिनो लक्ष्य काठमाण्डुले नौ दशमलव चार ओभरमा एक विकेटको क्षतिमा भेटायो।

उसका लागि अविजित रहेका डेविड वार्नरले ४४ र विलियम बोसिस्टोले २३ रन बनाए। साहिल पटेल १० रनमा आउट भए।

विराटनगरका लागि बलिङतर्फ अपराजित पौडेलले मात्र एक विकेट लिन सके।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको विराटनगर किङ्स १८.३ ओभरमा ८३ रनमै अलआउट भयो।

उसका लागि रुपेश सिंहले २६, एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।

काठमाण्डुका लागि बलिङतर्फ सन्तोष यादवले तीन, सहान अराच्चिगे र जहानदाद खानले समान दुई/दुई तथा साहब आलम, कप्तान करण केसी र देव साहले समान एक/एक विकेट लिए।

यो जितपछि काठमाण्डु अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। विराटनगर तालिकाको पाँचौँ स्थानमा झरेको छ।

प्रकाशित: १९ कार्तिक २०८३ २०:०८ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast