प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

हिमाल प्रेस १९ कार्तिक २०८३ १५:३० | Thursday, November 5, 2026
प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्तिसुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति-सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन्।

उनले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

साथै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति-सुरक्षाको व्यवस्थालाई थप चुस्त-दुरुस्त बनाउन उनले सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

प्रकाशित: १९ कार्तिक २०८३ १५:३० | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast