काठमाडौँ- तिहारका अवसरमा नेपाल राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीका मेडालियनको बिक्रि सुरु गरेको छ।
बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट सुनको असर्फी तथा चाँदीका मेडालियनको बिक्री शुरु गरेको टक्सार महाशाखाले जनाएको छ।
बैंकले २ दशमलव ५ ग्रामको सुनको असर्फी प्रतिथान ६५ हजार ४ सय रुपैयाँ तोकेको छ भने १० ग्रामको मेडालियनको प्रतिथान ३ हजार ८ सय रुपैयाँ तोकेको छ।
बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक वर्ष सुन र चाँदीका सिक्का बिक्री वितरण गर्दै आएको छ। सुनको असर्फी तथा चाँदीका मेडालियन गरिद गर्न सर्वसाधारणहरुको भीड लागेको छ।
बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियनको बिक्री हुने महाशाखाले जनाएको छ।
प्रकाशित: १९ कार्तिक २०८३ १५:१२ | Thursday, November 5, 2026
प्रतिक्रिया



