कांग्रेस केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा सोमबार अद्यावधिक गरिने

हिमाल प्रेस १५ कार्तिक २०८३ १२:०८ | Sunday, November 1, 2026
8
SHARES
कांग्रेस केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा सोमबार अद्यावधिक गरिने

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा सोमबार (कात्तिक १६) मात्र अद्यावधिक गरिने भएको छ । १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्ने तयारी पूरा नभएकाले शुक्रबार (कात्तिक १३) हुन नसकेको हो ।

नयाँ कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यको विवरण आयोगमा अद्यावधिक गर्नु नियमित प्रक्रिया भएको कांग्रेसले जनाएको छ । कार्यसमितिको पूर्ण विवरण अद्यावधिक गर्न आवश्यक कागजात तथा विवरण संकलनको काम आइतबार (कात्तिक १५) पनि जारी रहेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।

बिहीबार (कात्तिक १२) शपथग्रहणलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट आयोगमा विवरण अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिव दुलाललाई दिइएको थियो । राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार पार्टीको केन्द्रीय पदाधिकारी तथा सदस्यको निर्वाचन सम्पन्न भएपछि त्यसको विवरण आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ ।

कांग्रेसको १५औँ महाधिवेशन यही वर्ष असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा भएको थियो । महाधिवेशनबाट सभापति गगनकुमार थापासहित २० पदाधिकारी र २११ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

बिहीबार शपथग्रहण सम्पन्न भएपछि सानेपास्थित पार्टी कार्यालयमा वर्तमान केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको थियो । सोही बैठकबाट आयोगमा विवरण अद्यावधिक गराउने निर्णय गरिएको हो ।

प्रहरी अनुसन्धानको दायरामा रहेका चारसहित १३ जनाको शपथग्रहण भने हुन बाँकी छ । बिहीबार वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मासहित १९ पदाधिकारी र १९८ केन्द्रीय सदस्यले शपथ लिएका थिए ।

विनिता खड्का, मोहनबहादुर बस्नेत, सन्तोष चालिसे र उमेशचन्द्र यादवका हकमा अनुसन्धानको टुंगो नलागेसम्म शपथ प्रक्रिया रोकिएको छ । बाँकी नौजनालाई उपस्थित भएका बेला आन्तरिक रूपमा शपथ गराइने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित: १५ कार्तिक २०८३ १२:०८ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast