प्रतिनिधिमूलक तस्बिर
काठमाडौँ– नवलपरासी पूर्वमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
देवचुली नगरपालिका–१ बोटेगाउँस्थित बौलाहा खोला र कावासोती नगरपालिका–८ फलफुल चोकस्थित टरूवातर्फ जाने भित्री सडकको छेउमा दुई शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ देवचुली नगरपालिका–१ बोटेगाउँस्थित बौलाहा खोलामा अन्दाजी ५७ वर्षीय पुरूष मृत भेटिएका हुन् ।
यसैगरी नवलपरासी पूर्व, कावासोती नगरपालिका–८ फलफुल चोकस्थित टरूवातर्फ जाने भित्री सडकको छेउमा अन्दाजी ५६ वर्षीय पुरूष मृत अवस्थामा भेटिएका हुन् ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित: ६ कार्तिक २०८३ २१:०८ | Friday, October 23, 2026
प्रतिक्रिया




