बूढानीलकण्ठमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ

हिमाल प्रेस २५ असोज २०८३ १७:०८ | Sunday, October 11, 2026
38
SHARES
बूढानीलकण्ठमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार असोज २२ गते बिहान करिब १०:३४ बजे विद्यालयको प्राङ्गणमा सार्वजनिक स्थलमा शिक्षक कुटपिट भएको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले घटनाबारे अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका-७ घर भई काठमाडौँको कपन बस्ने ३६ वर्षीय निशाल दाहालले विद्यालयमा कार्यरत महिला शिक्षकलाई लक्षित गरी अपशब्द तथा अश्लील शब्द प्रयोग गर्ने, अभद्र गालीगलौज गर्ने र धाकधम्की दिने गरेको खुलेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सिन्धुलीको दुधौली नगरपालिका-९ घर भई कपन बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरेले निशाल दाहालको निर्देशनमा प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रकाशित: २५ असोज २०८३ १७:०८ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast