ह्याकर पक्राउ

हिमाल प्रेस २८ माघ २०७९ ७:४२ | Saturday, February 11, 2023
ह्याकर पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- अमेरिकामा बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाइल ह्याक गरी रकम ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका –१९ लामाचौर घर भएका २३ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ।

प्राविधिक सबुत, प्रमाण र ह्युमन इन्टेलिजेन्सको आधारमा प्रोफाईल ह्याक गरी सोही प्रोफाईल मार्फत सरसहयोगको विभिन्न बरबहाना बनाई डिजिटल वालेटहरुमा रकम पठाउन लगाई पीडितबाट नगद ५० हजार रूपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ।

सो ठगी कार्यमा संलग्न उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

परियारउपर साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौँबाट २ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: २८ माघ २०७९ ७:४२ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast