काठमाडौँ- न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको छ।
सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका न्यायाधीशहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका चन्द्रबहादुर सारु, उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगी रहेका छन्।
न्याय परिषद्का प्रवक्ता रामप्यारी सुनुवारका अनुसार परिषद्को मंगलबारको बैठकले यो निर्णय गरेको हो।
प्रकाशित: २० असोज २०८३ २०:२८ | Tuesday, October 6, 2026
प्रतिक्रिया



