रेशमको सजाय मिनाहाविरूद्ध दायर रिट खारेज

हिमाल प्रेस ६ असोज २०८३ २०:५२ | Tuesday, September 22, 2026
14
SHARES
रेशमको सजाय मिनाहाविरूद्ध दायर रिट खारेज रेशम चौधरी

काठमाडौँ- सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजाय मिनाहाविरूद्ध दायर रिट खारेज गरेको छ।

न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गर्ने फैसला गरेको हो।

सर्वोच्चको यो निर्णयसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष चौधरीलाई दिएको सजाय मिनाहा सदर भएको छ।

थरूहट आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा दोषी ठहर भएका उनलाई सर्वोच्च अदालतले जन्मकैद सजाय सुनाएको थियो। जन्मकैदको सजाय काटिरहेका चौधरी राष्ट्रपति पौडेलले सजाय मिनाहा गरेपछि बाहिरिएका थिए।

तत्कालीन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलबाट चौधरीलाई दिइएको माफीमिनाहा कानुनी रूपमा त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो।

शारदा कडायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले माफीमिनाहाको निर्णयलाई कायम राखेको हो।

प्रकाशित: ६ असोज २०८३ २०:५२ | Tuesday, September 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast