काठमाडौँ- नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाको इन्जिनियरिङ फौजबाट खटिएको टोलीले उक्त क्षेत्रमा करिब ३०० मिटर सडकखण्डमा चट्टान फुटाएर पहुँचमार्ग निर्माण गरेको थियो।
टोलीले ६० टन भारवहन क्षमता भएको २४० फिट लामो ‘एक्रो ब्रिज’ साेमबारसम्ममा उक्त स्थानमा ढुवानी गरिसकेको थियो। सेनाले आज मंगलबार देखि पुल जडान सुरु गरेको हो।
पुल जडान सम्पन्न भएपछि बाढीबाट प्रभावित नुवाकोट र रसुवाबीचको सडक सम्पर्क तथा आवागमन सहज हुनुका साथै अत्यावश्यक सामग्रीको ढुवानीमा समेत सहजता हुने नेपाली सेनाले जनाएको छ।

प्रकाशित: २० असोज २०८३ १७:५८ | Tuesday, October 6, 2026
प्रतिक्रिया



