गगनले दिए सभापतिमा उम्मेदवारी

हिमाल प्रेस २० असोज २०८३ १९:३० | Tuesday, October 6, 2026
गगनले दिए सभापतिमा उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्।

थापाले मंगलबार साँझ राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले केन्द्रीय समितिमा संख्या थप्दा खुला प्रतिस्पर्धाबाट आउनेहरू धेरै हुने भएकाले दलित, मधेशीलगायतका जातीय क्लस्टरहरूको उपस्थिति कम हुन सक्ने अवस्थालाई ध्यान दिइएको बताए।

उनले विशेष महाधिवेशनबाट आएका र अन्य सबै नेताहरुलाई पार्टीमा समान अवसरको महसुस गराउन उपसभापति तथा महामन्त्रीको संख्यामा केही समायोजनको अभ्यास गरिएको उल्लेख गरे।

खसआर्य बाहेकका अन्य समुदाय तथा महिलाहरूको नेतृत्व तहमा पहुँच बढाउन सहमहामन्त्रीपछिको ब्लक फुकाउने प्रयास गरिएको उनको भनाइ छ। उनले सबैलाई मिलाएर लैजाने र स्पेस बनाउने जिम्मेवारी आफ्नो भएको बताउँदै सबैजना पदाधिकारीमै भिड्नुपर्छ भन्ने नरहेको उल्लेख गरे।

थापाले यसपटकको विधानले प्रदेश र जिल्ला तहलाई पहिलेभन्दा धेरै अधिकार सम्पन्न बनाएकाले तल्ला तहमा पनि काम गर्ने ठूलो सम्भावना रहेको स्पष्ट पारे।

उनले पार्टीभित्रको चुनावमा जितहारलाई स्वाभाविक रूपमा लिँदै हार्दिकता कायम राख्नुपर्ने बताए। साथै उनले यसपटक महामन्त्रीहरूको कार्यविभाजन विधानमै स्पष्ट छुट्याइएकाले केन्द्रीय समिति ठूलो भए पनि व्यवस्थित ढंगले अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे।

प्रकाशित: २० असोज २०८३ १९:३० | Tuesday, October 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast