बेलायत पुगे प्रधानसेनापति सिग्देल

हिमाल प्रेस २० असोज २०८३ १७:२८ | Tuesday, October 6, 2026
बेलायत पुगे प्रधानसेनापति सिग्देल

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देल बेलायत पुगेका छन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सातदिने औपचारिक भ्रमणका लागि प्रधानसेनापति सिग्देल मंगलबार लण्डन पुगेका हुन्। उनी बेलायती प्रधानसेनापति रोली वाकरको निमन्त्रणमा बेलायत गएका हुन्।

भ्रमणका क्रममा नेपाल र बेलायतबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध तथा रक्षा साझेदारीलाई थप सुदृढ बनाउने बताइएको छ। सिग्देलले प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि बेलायतको पहिलो भ्रमण हो।

प्रधानसेनापति सिग्देल असोज २५ गते स्वदेश फर्कनेछन्। प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हालेका छन्।

प्रकाशित: २० असोज २०८३ १७:२८ | Tuesday, October 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast