कांग्रेस महाधिवेशनको बन्दसत्र बुधबार पनि, सभापति थापाले सम्बोधन गर्ने

हिमाल प्रेस २० असोज २०८३ १५:२० | Tuesday, October 6, 2026
कांग्रेस महाधिवेशनको बन्दसत्र बुधबार पनि, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मंगलबार तेस्रो दिन बन्दसत्रको छलफल सकिएको छ।

बन्दसत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारासम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यले जानकारी दिए।

छलफलमा सात प्रदेशका अतिरिक्त भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी भएका छन्। बन्दसत्रको छलफल बुधबार बिहान साढे १० बजे पुनः सञ्चालन हुनेछ।

बुधबारको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: २० असोज २०८३ १५:२० | Tuesday, October 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast