कांग्रेस महामन्त्रीमा डिलाको उम्मेदवारी दर्ता

हिमाल प्रेस २० असोज २०८३ १३:२९ | Tuesday, October 6, 2026
कांग्रेस महामन्त्रीमा डिलाको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसकी सहमहामन्त्री डा.डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेकी छन्।

मंगलबार महाधिवेशनस्थल राष्ट्रियसभा गृहमा संग्रौलाले महिला महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेकी हुन्।

महिलाका बाँकी मुद्दा तथा सवाललाई अझ सशक्त रूपमा उठाउन आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको उनले बताइन्।

विद्यार्थी राजनीतिदेखि सक्रिय रहँदै २०३६ सालको जनमतसंग्रह, २०४६ सालको राजनीतिक परिवर्तन तथा २०६२/६३ को जनआन्दोलनमा सहभागी भएको आफ्नो लामो राजनीतिक अनुभव रहेको उनले बताइन्।

आफ्नो अनुभवले युवा र पुरानो पुस्तालाई जोड्दै पार्टीलाई सन्तुलित रूपमा अगाडि बढाउन सहयोग पुग्ने संग्रौलाको धारणा छ।

प्रकाशित: २० असोज २०८३ १३:२९ | Tuesday, October 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast