काठमाडौँ- नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार उनले आफूले उम्मेदवारी दिने निश्चित भएको घोषणा गरेका हुन्।
कांग्रेसलाई एकताबद्ध बनाउने एजेन्डा रहेको बताउँदै राठौरले जित्ने दाबी गरे। राठौर कांग्रेसको १४ औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्री जितेका थिए। अहिले उनी गगन पक्षको संस्थापनमा खुलेका हुन्।
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै मनोनयन दर्ताको कार्यक्रम छ ।
कांग्रेसको सभापतिमा गगन थापा स्वाभाविक उम्मेदवार रहेका छन् भने सोमबार मात्रै श्यामकृष्ण खड्कीले पनि उम्मेदवारी घोषणा गरेका थिए ।
प्रकाशित: २० असोज २०८३ १२:४२ | Tuesday, October 6, 2026
प्रतिक्रिया



