काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रवल थापाले १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने भएका छन्। थापाले १५ औँ महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन्।
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै थापाले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त सल्लाह र सुझावका आधारमा आफूले निर्णय लिएको बताएका छन्। थापाले महाधिवेशन प्रतिनिधिले आफूलाई केन्द्रीय सदस्यका रूपमा काम गर्ने अवसर दिने विश्वास पनि व्यक्त गरेका छन्।
१५ औँ महाधिवेशनअघि भएको काठमाडौँ क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनबाट थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। महाधिवेशन प्रतिनिधिमा उनले खुलातर्फ उनले १७१ मत पाउँदै सर्वाधिक मत प्राप्त गरेका थिए।
उनी गएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ १ मा उम्मेदवार बनेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेत्रृ रन्जु दर्शनाले १५ हजार ४५५ मतसहित विजयी हुँदा थापाले ६ हजार ३६४ मत पाए। उनी विशेषगरी युवा पङ्तिमा लोकप्रिय छन्। यसअघि उनी पार्टीको प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सचिव समेत थिए।



