लुम्बिनी बौद्ध विश्वविद्यालयमा शिक्षामन्त्रीले के भने?

हिमाल प्रेस १८ असोज २०८३ १०:३४ | Sunday, October 4, 2026
लुम्बिनी बौद्ध विश्वविद्यालयमा शिक्षामन्त्रीले के भने?

रुपन्देही- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्य विश्वविद्यालयभन्दा पृथक् र विशिष्ट पहिचानसहित अघि बढाउनुपर्ने बताएका छन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले बुद्धको जन्मभूमि लुम्बिनीमा स्थापित विश्वविद्यालयले बौद्ध दर्शन, मौलिक ज्ञान तथा नेपालको रैथाने पहिचानलाई विश्वसमक्ष चिनाउने गरी आफ्नो उद्देश्य केन्द्रित गर्नुपर्ने बताए।

उनले विश्वविद्यालयलाई इन्जिनियरिङ, विज्ञानलगायतका परम्परागत विषयमा मात्र सीमित नगरी बौद्ध दर्शन तथा यससँग सम्बन्धित विषयको अध्ययन, अनुसन्धान र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

विश्वविद्यालयका आङ्गिक क्याम्पसहरू विस्तार हुँदै गए पनि मूल उद्देश्य र बौद्ध दर्शनको अध्ययन अध्यापनबाट विचलित हुन नहुने उनको भनाइ थियो।

विश्वविद्यालयले आफ्नो विशिष्ट पहिचान कायम राख्दै अन्य शैक्षिक संस्थासँग सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयमार्फत नेपालको रैथाने पहिचान, मौलिकता र स्वदेशी ज्ञानलाई विश्वसमक्ष चिनाउने पर्याप्त सम्भावना रहेको चर्चा गरिएको थियो।

यसैबीच, लुम्बिनी बौद्ध विश्वविद्यालयले रसुवाका बाढीपीडितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

प्रकाशित: १८ असोज २०८३ १०:३४ | Sunday, October 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast