दशौँ राष्ट्रिय खेलकुद तयारीका लागि खेलकुदमन्त्री सुर्खेतमा

हिमाल प्रेस १८ असोज २०८३ १०:२८ | Sunday, October 4, 2026
दशौँ राष्ट्रिय खेलकुद तयारीका लागि खेलकुदमन्त्री सुर्खेतमा

दाङ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दाङको देउखुरीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन्।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित कार्यक्रमका लागि सुर्खेत जाने क्रममा मन्त्री पोखरेलले रंगशालाको अवलोकन तथा निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा उनले रंगशालामा क्रिकेट अभ्यास गरिरहेका युवाहरूसँग क्रिकेटसमेत खेलेका थिए।

रंगशालाको अवस्था तथा खेलकुद गतिविधिबारे जानकारी लिन मन्त्री पोखरेल त्यहाँ पुगेका थिए।सो अवसरमा उनले स्थानीय खेलाडीहरूसँग अन्तरक्रियासमेत गरेका थिए।

मन्त्री पोखरेलसँगै उनका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयको उच्चस्तरीय टोली पनि रंगशाला निरीक्षणमा सहभागी भएको थियो।

प्रकाशित: १८ असोज २०८३ १०:२८ | Sunday, October 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast