कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पनि उपसभापति लड्ने!

हिमाल प्रेस १८ असोज २०८३ १०:२० | Sunday, October 4, 2026
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पनि उपसभापति लड्ने!

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पनि उपसभापति पदमा उम्मेदवारी दिने आकांक्षा राखेका छन्।  पार्टीको विधान संशोधन गरेर तीन जना उपसभापतिको व्यवस्था गरिए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।

आङ्देम्बेका स्वकीय सचिव याम ढुंगानाका अनुसार विधान संशोधन गरेर उपसभापतिको संख्या तीन पुर्‍याइए उनले उपसभापतिमा उम्मेदवारी दिनेछन्। आङ्देम्बे यसअघि कांग्रेसका सहमहामन्त्री थिए। हाल उनी पार्टीको संसदीय दलका नेता छन्।

संसदीय दलको नेता बनेपछि उनले १५औँ महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने भन्नेबारे कांग्रेसभित्र चासो थियो। विधान संशोधन गरी उपसभापतिको संख्या बढाउने तयारीसँगै उनको उम्मेदवारीको तस्वीर स्पष्ट भएको हो।

प्रकाशित: १८ असोज २०८३ १०:२० | Sunday, October 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast