कालीगण्डकी नदीले पर्वतको जलजलामा २५ घर बगायो

विजय नेपाल ११ असोज २०८३ ११:०७ | Sunday, September 27, 2026
8
SHARES
कालीगण्डकी नदीले पर्वतको जलजलामा २५ घर बगायो

पोखरा- अविरल वर्षासँगै कालीगण्डकी नदीले पर्वतको जलजला गाउँपालिका-८ स्थित फर्सेमा २५ घर बगाएको छ।

आइतबार बिहान करिब ८ बजे कालीगण्डकी नदीको बहाब बढेर बस्तीमा पस्दा २५ घर बगाएको नेपाल प्रहरीले जनाएको छ।

उक्त बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेको तथा अन्य घरहरू जोखिममा रहेका छन्। मानवीय क्षति भने नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन। उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ।

कालीगण्डकीमा बहाब बढ्दा विभिन्न ठाउँमा क्षति पुगेको छ। कालीगण्डकीको बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७, मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पक्की पुल बगाएको छ।

प्रकाशित: ११ असोज २०८३ ११:०७ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast