लगातारको वर्षाले जनजीवन प्रभावित

हिमाल प्रेस ९ असोज २०८३ १५:०३ | Friday, September 25, 2026
6
SHARES
लगातारको वर्षाले जनजीवन प्रभावित

काठमाडौँ- लगातारको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ।

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागदेखि पूर्वसम्म हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको हो।

वर्षाका कारण काठमाडौँको अधिकांश खोलामा जलस्तर बढेको छ भने करिडोर सडकमा बिशेष सतर्कता अपनाइएको छ।

त्यस्तै देशका अधिकांश नदिहरुमा समेत जलस्तर बढेको छ भने पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ।

शनिबार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको असर पश्चिमतिर सर्ने देखिएको र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी आइतबार बागमतीदेखि पूर्वको क्षेत्रमा वर्षा कम हुने तर बागमतीदेखि पश्चिममा वर्षा जारी रहने सम्भावना रहेको समेत महाशाखाले जानकारी दिएको छ।

प्रकाशित: ९ असोज २०८३ १५:०३ | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast