चितवनमा कांग्रेस अधिवेशनको तयारी पूरा

हिमाल प्रेस २ असोज २०८३ १५:१९ | Friday, September 18, 2026
चितवनमा कांग्रेस अधिवेशनको तयारी पूरा

काठमाडौँ- नेपाली कांग्रेस चितवनले वडा अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।

शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै कांग्रेस चितवनले असोज ३ र ४ गते हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

जिल्लाका ९८ वटै वडामा हुने अधिवेशनमा २७ हजार ५ सय क्रियाशील सदस्य सहभागी हुने कांग्रेस चितवनका सचिव धु्रव पोखरेलले जानकारी दिए। उनले वडा कार्यसमितिमा युवा र महिला प्रतिधिनित्व सुनिश्चित गरिएको बताए।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जिल्लाका ९८ वडामध्ये सम्बन्धित वडाको अनुकूलताअनुसार असोज ३ वा ४ गते वडा अधिवेशन सम्पन्न गरिने बताए। विगतमा भएका कमी कमजोरीहरुलाई सच्चाउँदै नयाँ सोचका साथ सबैलाई समेटेर अघि बढिने उनको भनाइ छ।

वडा अधिवेशनबाट जिल्लामा ३ हजार १ सय क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। २७ हजार ५ सय क्रियाशील सदस्य रहेको चितवनमा असोज १० गतेभित्र सवै निर्वाचन प्रक्रिया सम्पन्न गरिने समेत चितवन कांग्रेसले जनाएको छ।

प्रकाशित: २ असोज २०८३ १५:१९ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast