काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर जगाइराख्ने बताएका छन्।
जेनजी सहिदहरूको स्मृतिमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
उनले भने, ‘मेरो पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ- सुशासन के हुन्छ भनेर। त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु।’
गुरुङले आफू मन्त्री, दाइ, भाइ, छोरा रहेको बताउँदै गोली चलेमात्रै आफू ढल्ने र देशमा अहिले गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने बताए।
‘तपाईँको यो मन्त्री, दाइ भाइ छोरा एउटै कुराले ढल्छ। त्यो भनेको अर्को गोली चल्नुपर्छ। अर्को गोली चल्नका लागि यो देशमा कसैले हिम्मत गर्न सक्दैन। विश्वास गराउन चाहन्छु,’ उनले भने।


