गृहमन्त्री गुरुङ अस्पताल भर्ना भएको समाचार भ्रामक : सचिवालय

हिमाल प्रेस २१ भदौ २०८३ १५:१७ | Sunday, September 6, 2026
गृहमन्त्री गुरुङ अस्पताल भर्ना भएको समाचार भ्रामक : सचिवालय गृहमन्त्री सुधन गुरुङ। फाइल तस्बिर

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ अस्पताल भर्ना भएको भन्दै सार्वजनिक भएका समाचारहरू पूर्णरूपमा भ्रामक र निराधार रहेको उनकाे सचिवालयले बताएको छ।

गृहमन्त्रीको सचिवालयका अनुसार उनी स्वयं बिरामी परेर अस्पताल भर्ना भएको नभई बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइएका बिरामीहरूको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिन छाउनीस्थित सैनिक अस्पताल पुगेका हुन्।

सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा गृहमन्त्री आफैँ उपचारका लागि अस्पताल भर्ना भएको खबर फैलिएपछि सचिवालयले त्यसको खण्डन गर्दै वास्तविकता सार्वजनिक गरेको हो।

बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण घाइते भई उद्धार गरिएका नागरिकहरूको उपचार प्रक्रिया र अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न गृहमन्त्री छाउनी अस्पताल पुगेको सचिवालयले जनाएको छ।

सचिवालयले कुनै पनि असत्य तथा भ्रामक समाचारको भ्रममा नपर्न र सही सूचना मात्र सम्प्रेषण गर्न सम्पूर्णमा अनुरोध समेत गरेको छ।

प्रकाशित: २१ भदौ २०८३ १५:१७ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast