काठमाडौँ- फिल्म ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ। वर्षकै सर्वाधिक धेरै कमाउने फिल्म ‘गौँथली’ देशभर ५१ दिन मनाएको हो। हालसम्म गौँथलीले २५ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँ कमाएको छ।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गरेका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल छन्।
प्रकाशित: २० भदौ २०८३ ११:३९ | Saturday, September 5, 2026
प्रतिक्रिया


