प्रतिनिधिमूलक तस्बिर
काठमाडौँ- काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१, स्याउलीथलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पनौती-तालुढुंगा सडकखण्डअन्तर्गत स्याउलीथलीमा जिप दुर्घटना भएको हो। जिप सडकबाट दुई सय मिटर तल खसेको छ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। उनीहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा तीन जना घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर रहेको छ। घाइतेको उद्धारका लागि प्रहरी टोली र एम्बुलेसन्स घटनास्थल पुगेको छ।
प्रकाशित: १ भदौ २०८३ १४:२१ | Monday, August 17, 2026
प्रतिक्रिया


