शिक्षक महासंघको नेतृत्व खुला मतदानबाट चयन हुनुपर्छ : रमेशबाबु भट्टराई

हिमाल प्रेस १९ साउन २०८३ १२:४३ | Tuesday, August 4, 2026
16
SHARES
शिक्षक महासंघको नेतृत्व खुला मतदानबाट चयन हुनुपर्छ : रमेशबाबु भट्टराई

काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले नेपाल शिक्षक महासंघको नेतृत्व चयन प्रक्रिया खुला, पारदर्शी र लोकतान्त्रिक हुनुपर्ने बताएका छन्।

उनले महासंघलाई अनिर्णयको बन्दी बनाउने अधिकार कसैलाई नभएको उल्लेख गर्दै नेतृत्व खुला मतदानबाट चयन गरिनुपर्ने धारणा सार्वजनिक गरेका हुन्।

भट्टराईले शिक्षकहरूको साथ र विश्वास प्राप्त भए आफू नेतृत्वको प्रतिस्पर्धाबाट पछि नहट्ने बताए।

उनले आफू कुनै व्यक्ति वा समूहको कृपाबाट उम्मेदवार बन्ने पक्षमा नरहेको उल्लेख गर्दै स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्न तयार रहेको बताए।

उनले राजनीतिक कित्ताकाट गरेर एकै ठाउँमा उभिए पनि त्यसको सामना गर्न आफू तयार रहेको दाबी गर्दै अन्तिम नतिजा आफ्नो पक्षमा आउनेमा पूर्ण विश्वास व्यक्त गरे।

सामाजिक सञ्जालमार्फत आफूलाई साथ, समर्थन र विश्वास व्यक्त गर्ने सम्पूर्ण साथीहरूप्रति आभार व्यक्त गर्दै भट्टराईले राजनीतिक गन्धरहित, स्वच्छ र पेसाप्रति समर्पित शिक्षकहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

प्रकाशित: १९ साउन २०८३ १२:४३ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast