काठमाडौँ- मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा माथिबाट झरेको लेदो र पहिरो हटाइएसँगै सडक पुनः सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान माथिबाट झरेको लेदोका कारण सो सडक खण्ड अवरुद्ध बनेको थियो। सडक अवरुद्ध भए लगत्तै पहिले नै तैनाथ अवस्थामा राखिएका हेभी उपकरण र जनशक्ति परिचालन गरी बिहान १०ः५० बजे पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको हो।
सडक खुले पनि वर्षा रोकिएको छैन । लगातार भइरहेको वर्षाका कारण सो क्षेत्रमा अझै पनि पहिरो झर्ने जोखिम कायमै रहेको सडक डिभिजनले जनाएको छ। जोखिमलाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकहरूलाई सडकको अवस्था बुझेर मात्रै होसियारीका साथ सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ ।
प्रकाशित: १८ साउन २०८३ ११:३९ | Monday, August 3, 2026
प्रतिक्रिया


