फाइल तस्बिर
काठमाडौँ- आज बिहान मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खस्दा सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार बिहान ७:०५ बजे पहिरो खसेपछि सडक ठप्प भएको हो। अहिले सडक डिभिजनका उपकरणहरू पहिरो हटाउने कार्यमा परिचालन भइसकेका छन्।पहिरो पन्छाएर सडक आवागमन पूर्णरूपमा सञ्चालनमा आउन करिब १ घण्टा लाग्ने अनुमान गरिएको छ।
प्रकाशित: २० साउन २०८३ ७:५० | Wednesday, August 5, 2026
प्रतिक्रिया


