नाम्सी नयाँ पुलमा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक प्रभावित

हिमाल प्रेस १८ साउन २०८३ ९:२९ | Monday, August 3, 2026
4
SHARES
नाम्सी नयाँ पुलमा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक प्रभावित

काठमाडौँ- मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी नयाँ पुलमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार उक्त सडकखण्डमा अहिले एकतर्फी मात्र सवारी सञ्चालनमा छन् ।

पहिरो झर्नेक्रम नरोकिएकाले पूरै पहिरो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याउन केही समय लाग्नेछ ।

“पानी परिरहेको छ । पहिरोको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ,” सडक डिभिजन कार्यालयले भनेको छ ।

प्रकाशित: १८ साउन २०८३ ९:२९ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast